उपप्रमुख सुवेदीद्धारा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडिहरुलाई सम्मान सहित बिधाई

कोहलपुर ।

अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुने बाँकेका ३८ जना खेलाडिहरु सहभागि हुने भएका छन् । शुक्रबार एक औपचारीक कार्यक्रम गरी कोहलपुर उपप्रमुख संगिता सुवेदीद्धारा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुने ३८ जना खेलाडिहरुलाई सम्मान सहित बिधाई गरेकी हुन् ।

सम्मान तथा विधाई कार्यक्रममा बोल्दै उपप्रमुख सुवेदीले खेलाडिहरुलाई उर्जा दिनका लागि नगरपालिकाले गर्ने कुनै पनि कसुर बाँकी नराख्ने बताए । जिल्लामा प्रथम, प्रदेश प्रथम र राष्ट्रिय प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरी कोहलपुर र बाँकेको नाम उजागरण गरेको भन्द्र प्रशंसा गरेकी थिइन् ।

अब अन्तराष्ट्रिय प्रतियोगितामा समेत प्रथम भएर आउन अनुरोध गरिन् । कोहलपुर नगरपालिकाले खेलकुदका लागि के के काम गर्नुपर्ने हो त्यसको पूर्ण प्रतिफल खेलाडिहरुले पाउने विश्वास उपप्रमुख सुवेदीले व्यक्त गरिन् ।

यस्तै प्रमुख प्रशिक्षक तथा राष्ट्रिय गोजुरियो करातेका लुम्बिनी प्रदेश प्रमुख रमेश कुमार डाँगीको नेतृत्वमा बाँकेका ३८ जना खेलाडिहरु अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुन लागेका हुन् ।

डाँगीको नेतृत्वमा जिल्ला प्रथम, प्रदेशमा प्रथम र राष्ट्रिय प्रतियोगितामा तेस्रो भएका थिए । अहिले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि गराउनका लागि भोली काठमाण्डौं जान लागेको प्रमुख प्रशिक्षक तथा राष्ट्रिय गोजुरियो करातेका लुम्बिनी प्रदेश प्रमुख डाँगीले बताए ।

डाँगीका अनुसार दुई वटा विद्यामा खेल हुनेछ, जसमा काता र कुमिते(फाइट) हुनेछ । यहि साउन १६ र १७ गते दशरथ रंगशाला त्रिपुरेश्वरमा हुनेछ । नेपाल सहित ८ देशका खेलाडिहरु अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुनेछन् भने, जसमा भारत, श्रीलंका, भुटान, बंगलादेश, चिन, थाइल्याण्ड र मलेसिया छन् । बाँकेबाट करातेका कोच तथा प्रशिक्षक निम प्रकाश खनाल र टिम व्यवस्थापन सागर घर्ति रहेको छन् ।