मन्त्री अथकद्धारा बाँके साक्षर जिल्ला घोषणा हुँदै

कोहलपुर ।

बाँके पूर्ण साक्षर जिल्लाको रुपमा पनि घोषणा हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) द्धारा शनिबार एक कार्यक्रमको आयोजना गरी बाँके जिल्लालाई साक्षर जिल्लाको रुपमा घोषणा गर्ने भएका छन् ।

बाँकेका ८ वटै पालिकाहरुले साक्षर पालिका घोषणा गरेपछि भोली (शनिबार) एक औपचारीक कार्यक्रम गरी पालिकालाई सम्मान सहित बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले जानकारी दिए । चौधरीका अनुसार जिल्ला समन्वय समितिको भवनमा कार्यक्रम दिउँसो २ बजे हुने बताए ।

बाँकेमा पहिलो ‘साक्षर घोषणा’ कोहलपुर नगरपालिकाले गरेको थियो । साक्षर घोषणका १२ वटा मापदण्ड पुरा गरी ‘साक्षर घोषणा’ गरेको हो । नगरपालिकाको कुल संख्याको ९६ दशमलव ८५ प्रतिशत साक्षरताको संख्या रहेको थियो । कोहलपुर नगरपालिकाको कुल ९० हजार ९ सय ५६ जनसंख्या रहेको छ ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले जिल्लामै साक्षर पालिका घोषणा गर्न कोहलपुर प्रथम हुन सफल भएकोले कोहलपुर नगरपालिकालाई ५० लाख नगदले सम्मान गरेका हुन् । यस्तै डुडुवा, जानकी, राप्तीसोनारी, खजुरा, नरैनापुर, बैजनाथ र नेपालगञ्ज पूर्ण साक्षरपालिका घोषणा भैसकेका छन् ।