म अचेल न जित्ने, न हार्ने प्रयासमा छु
बिगृएका सम्बन्धहरु सुधार्ने प्रयासमा छु ।।
ताकेर हानेको नजरले तिमिलाइ लागेन
झटारो हानेर आँप झार्ने प्रयासमा छु ।।
आउ न कसैले मसङग प्रेम प्रस्ताव राख
जोकोहीको प्रस्ताव स्वीकार्ने प्रयासमा छु ।।
एकदिन विकसित देश जस्तै हौला नहौला
सास छउन्जेल आस नमार्ने प्रयासमा छु ।।
समय बदलिय पछी देशमा राजा बदलियो
खरायो भन्छ सिंहलाई पछार्ने प्रयासमा छु।।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस ५ गते सोमबार












प्रतिक्रिया दिनुहोस्