सफल विष्टको सुन्दर गजल

म अचेल न जित्ने, न हार्ने प्रयासमा छु
बिगृएका सम्बन्धहरु सुधार्ने प्रयासमा छु ।।

ताकेर हानेको नजरले तिमिलाइ लागेन
झटारो हानेर आँप झार्ने प्रयासमा छु ।।

आउ न कसैले मसङग प्रेम प्रस्ताव राख
जोकोहीको प्रस्ताव स्वीकार्ने प्रयासमा छु ।।

एकदिन विकसित देश जस्तै हौला नहौला
सास छउन्जेल आस नमार्ने प्रयासमा छु ।।

समय बदलिय पछी देशमा राजा बदलियो
खरायो भन्छ सिंहलाई पछार्ने प्रयासमा छु।।