कोहलपुर,
बाँकेको बैजनाथ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
बुधबार कोहलपुर नगरपालिका—११, पिपलचौतारा नजिकै रहेको कौशिला अस्पताल प्रा.लि.को प्राविधिक सहयोग र समन्वय स्वरोजगार लघुवित्त वित्तीय संस्था लि.ले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
यस्तै कार्यक्रमको प्रमुख अतिथि बैजनाथ ३ का वडा अध्यक्ष निखिल बैगार र वडा न ४ का वडा अध्यक्ष प्रेम शाही थिए । स्वरोजगार लघु बित्तीय संस्थाका प्रदेश प्रमुख सरोज पौडेलले कार्यक्रमको उदेश्य बारे प्रष्ट पारेका थिए ।
सो शिविरबाट ३ सय २७ जनाले सेवा लिएको कौशिला अस्पताल प्रा.लि.का सञ्चालक संकर न्यौपानेले जानकारी दिए ।
सो शिविरमा फिजिसियन डाक्टर एन के यादव, स्त्रीरोग विशषज्ञ अन्कुर भण्डारी र डा. तेज सुनारले चेकजाँच गरेका थिए ।
प्रकाशित मिति : २०७९ असार २९ गते बुधबार
प्रतिक्रिया दिनुहोस्