कपिलवस्तुका दिपक र शम्भुलाई उत्कृष्ट पत्रकारित पुरस्कार सहित सम्मान




कपिलवस्तु ।

कपिलवस्तुको बिजयनगर गाउँपालिकाले प्रदान गर्ने उत्कृष्ट पत्रकारित पुरस्कार रेडियो शिवराजका स्टेसन म्यानेजर दिपक केसी र रेडियो बिजयनगरमा कार्यरत शम्भु विकलाई प्रदान गरेको छ ।

बुधवार पालिकाको ११ औ गाउँ सभाको दोस्रो वैठक अवसरमा उत्कृष्ट पत्रकार र कर्मचारीलाई सम्मान गरिएको हो । पत्रकार, स्वास्थ्कर्मी, प्राविधिक, प्रशासनिक कर्मचारी, कार्यालय सहयोगी लगाएतलाइ सम्मान गरिएको हो ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकाको विकास र समृद्धको लागि ठुलो योगदान गरेकोले सम्मान गरिएको बताए । नगरको बजेट बारे सभाका सदस्यहरुलाई जानकारी दिदै हरेक क्षेत्रवाट पालिकालाइ उत्कृष्ट बनाउने आफुनो योजना रहेको थापाले बताए ।

उपप्रमुख लक्ष्मि कुमारी चौधरीले न्याय सम्पादनको विषयमा सभालाई जानकारी गराएकि थिइन् । गत वर्षको अवधिमा न्यायिक समितिका परेका उजुरी र निरुपण गरेको तंथ्याक सार्वजनिक गरेकी  थिइन भने गाउँ सभाको संचालन प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधबार