शुदाम शर्मा, मुसिकोट ।
रुकुम पश्चिमको चौरजहारीमा पानी बोक्ने ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ७ का २३ बर्षिय मोहन जैसीको मृत्यु भएको हो ।
आईतबार दिउँसो चौरजहारी नगरपालिका-७ मेलैनाउलीबाट सडक निर्माणमा प्रयोग गर्ने पानी बोकेर चौरजहारी ३ तर्फ आउँदै गरेको भे २ च ६९४ नम्बरको ट्यांकर ३ नम्बर वडाको विजयश्वरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
ट्यांकर चालक समेत रहनुभएका जैसीको चौरजहारी अस्पतालमा उपचारपछि थप उपचारको लागि नेपालगज लैजादै गर्दा बाटोमा मृत्यु भएको बताईएको छ । पानी बोकेर ओरालो सडकबाट जाने क्रममा ट्यांकर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्