काेहलपुर ।
बुधबार बेलुका माेटरसाईकल दुर्घटनामा मृत्यु भएका राम बहादुर थापाका आफन्तहरूले काेहलपुर चाैराह बन्द गरेका छन् ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरको भे १ क १२५ नम्बरको बसले ठक्कर दिँदा भे ४ प ३२५३ नम्बरको मोटरसाइकल चालक अन्दाजि ६० वर्षिया राम बहादुर थापाको मृत्यु भएको थियोे ।
होटेल अतिथि नजिकैको चोकमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो । बसका चालक बैजनाथ गाउँपालिका १ चिसापानीका पदम बहादुर बुढाले चलाएका थिए ।
आफन्तहरूले ३५ लाखकाे माग सहित चाैराह बन्द गरेका हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्