मृतकका आफन्तहरूले काेहलपुर चाैराह बन्द

काेहलपुर

बुधबार बेलुका माेटरसाईकल दुर्घटनामा मृत्यु भएका राम बहादुर थापाका आफन्तहरूले काेहलपुर चाैराह बन्द गरेका छन् ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरको भे १ क १२५ नम्बरको बसले ठक्कर दिँदा भे ४ प ३२५३ नम्बरको मोटरसाइकल चालक अन्दाजि ६० वर्षिया राम बहादुर थापाको मृत्यु भएको थियोे ।

होटेल अतिथि नजिकैको चोकमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो । बसका चालक बैजनाथ गाउँपालिका १ चिसापानीका पदम बहादुर बुढाले चलाएका थिए ।

आफन्तहरूले ३५ लाखकाे माग सहित चाैराह बन्द गरेका हुन् ।