वागेश्वरी बहुमुखी क्याम्पसमा सोधपत्र प्रस्तावना र प्रतिवेदन लेखन सम्बन्धी अभिमूखिकरण

कृष्ण कुमार शाही, कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई सोधपत्र प्रस्तावना र प्रतिवेदन लेखन सम्बन्धी अभिमूखिकरण कार्यक्रम भएको छ ।

शनिबार अनुसन्धान व्यवस्थापन इकाई, पाठ्यक्रम तथा मूल्याङ्कन विभाग, नेपाली विभाग, अंगे्रजी विभाग र स्वास्थ्य संकायका शिक्षक तथा स्नातकोत्तर तह चौथो सेमेस्टरमा अध्ययरनत विद्यार्थीहरुलाई सोधपत्र प्रस्तावना र प्रतिवेदन लेखन अभिमूखिकरण कार्यक्रम गरेको हो ।

यस्तै बागेश्वरी बहुमुखी क्याम्पसका अनुसन्धान व्यवस्थापन ईकाइका संयोजक तोयानाथ पहाडीको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्य रहेका थिए ।

उदघाट्न गर्दै मेयर आचार्यले कोहलपुर नगरपालिकामा अवस्थित मध्यपचिम विश्वविद्यालयको एक प्राङ्गीण निकाय भएकोले यहाँ कार्यरत प्रध्यापक तथा सोधकर्ता विद्यार्थीहरुले अनुसन्धानको माध्यमबाट खोज गरेका नविनतम ज्ञानहरुलाई कोहलपुरको विकाससँग जोडेर अगाडि बढ्ने पुरा उल्लेख गरेका थिए ।

कार्यक्रममा सहभागि प्रध्यापक तथा सोधार्थी विद्यार्थीहरुले उक्त कार्यक्रम अनुसन्धानको लागि ज्यादै उपलब्धिमूलक भएको बताए । सो कार्यक्रममा एम.एड. चौथो सेमेस्टरमा अध्ययनरत ७० बढि विद्यार्थीहरु र २० जना प्रध्यापकहरुलाई त्रिभुवन विश्व विद्यालय केद्रिय क्याम्पसका प्रध्यापक तथा अनुसन्धानकर्ता प्रा.डा. पेसल खनालले कार्यक्रमको सहजीकरण सरल र रमाइलो तरिकाले प्रस्तुत गरेका थिए । सो कार्यक्रममा बागेश्वरी वहुमुखी क्याम्पसका प्रमुख दान बहादुर हमालले गरेका थिए ।