मिडियाले प्रकाशन गरेको सामग्रीमा खण्डन गर्ने अधिकार पाठकमा छ : पूर्व अध्यक्ष आचार्य

कोहलपुर ।

मिडियामा प्रकाशन भएका सामग्रीहरुमा खण्डन गर्ने अधिकार पाठकमा रहेको नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले बताएका छन् । आइतबार कोहलपुरमा भएको मिडिया साक्षरता अन्तक्रियामा बोल्दै आचार्यले यस्तो बताएका हुन् ।

‘मिडियामा आएका समाचारका रुपमा प्रकाशन भएका सबै सूचनाहरु सत्य, तथ्य, विश्वसनिय छन वा छैनन भनि छुट्याई त्यसको खण्डन गर्ने पाउने अधिकार पाठक वर्गहरुमा हुन्छ’ उनले भने, ‘कतिपय ठुला मिडियाहरुले समेत ठुलाठुला गल्तीहरु गरिरहेका हुन्छन्, माफि मागरिरहेका हुन्छन् ।’ ‘तर अहिले विश्वसनिय कुन मिडियालाई मान्ने भन्ने विषयमा निकै ठुलो चूनौतिको रुपमा पत्रकारहरुको विचमा आएको छ,’ उनले थप्दै भने’ ‘पछिल्लो समयमा नेपालमा डिजिटल मिडियाले हुवहु प्रकाशित गरेकै कारण अदालतसम्म पुग्न परेका घटनाहरु छन् ।’

इलेक्ट्रोनिक्स डिजिटल मिडियाहरुले भ्यूज र डलर कमाउने चक्करमा फेक न्युज, जुन गलत हुन्छ आचार्य भन्छन्, तर समाजले पनि नकारात्मक समाचारहरु बढि हेर्न र पढने पढ्छन् जसले गर्दा डिजिटल मिडियामा समाजका राम्रा विषयहरु उठान हुन सकिरहेको छैन ।

समाजमा राम्रा गतिविधिहरुलाई हाम्राे समाजले बेवास्ता गर्ने र कसैको बारेमा नराम्रो विषय भएमा छिटो छिटो क्लिक गर्ने भएकोले भविष्यमा यसले झन बिकराल स्वरुप लिन सक्ने आचार्यले बताए ।

यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै वर्तमान अवस्थामा चलिरहेको पत्रपत्रिका, रेडियो, अनलाइन मिडियामा प्रकाशन भएका सामग्रीहरुमा खण्डन गर्नुका लागि प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघमा उजुरी गर्ने सक्ने अधिकार पाठकहरुमा रहेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष शुक्रऋषि चौलागाईँ, कोषाअध्यक्ष यामनाथ घिमिरे, नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष करुणा शाह, प्रेस यूनियन बाँकेका अध्यक्ष अर्जून वली, प्रेस सेन्टरका अध्यक्ष डक्ट धिताल बताएका थिए ।

यस्तै कार्यक्रममा अन्नपूर्ण राष्ट्रिय दैनिकका उप-सम्पादक शंकर प्रसाद खनाल लगायत कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्य, उपप्रमुख संगिता सुवेदी इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख डिएपी ऐन बहादुर मल्ल र बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्याम कुमार शाहको उपस्थिति रहेको थियो ।