कोहलपुरको चालु आर्थिक वर्षको जेष्ठ मसान्तभित्र ५ करोड बढि राजस्व संकलन




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्षको जेष्ठ मसान्त भित्र ५ करोड भन्दा बढि राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको जेष्ठ मसान्त भित्र ५ करोड १२ लाख १३ हजार ८ सय ३५ रुपैया राजस्व संकलन भएको कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले बताएका छन् । चालु आर्थिक वर्षको जेष्ठ मसान्त भित्र सबैभन्दा बढी नक्सापास करले सहयोग पुर्‍याएको छ । उक्त शिर्षकमा १ करोड ४१ लाख ८६ हजार ७ सय ६२ रुपैयाँ कर संकलन भएको छ ।

यसैगरी भूमिकर/मालपोत कर ९३ लाख ७० हजार ७ सय ५६ रुपैयाँ, सम्पत्ती कर ७२ लाख २ हजार ६ सय ९७ रुपैया, घरवहाल कर ६४ लाख ७४ हजार ४ सय ९, सिफारिस दस्तुर ५७ लाख ४५ हजार १ सय १० रुपैया, अन्य दस्तुर २८ लाख २३ हजार १ सय ९५ रुपैया, व्यवसाय रजिष्ट्रेशन दस्तुर २५ लाख ४६ हजार ९ सय १२ रुपैया, बहाल विटौरी कर ११ लाख २९ हजार ६ सय ६१ रुपैया, अन्य सेवा शुल्क ७ लाख २६ हजार ६ सय ६२, व्यक्तिगत घटना दर्ता दस्तुर ३ लाख ९७ हजार ३ सय ५७ रुपैया, अन्य विक्रिबाट प्राप्त रकम ३ लाख २९ हजार ९ सय १ रुपैया र नाता प्रमाणित दस्तुर १ लाख ७० हजार १० रुपैया राजस्व संकलन भएको छ ।

यस्तै व्यवसाय रजिष्ट्रेशन दस्तुर ४४ हजार ३ सय ६७ रुपैया, सरकारी सम्पत्ती बहालबाट प्राप्त आय ३८ हजार रुपैया, अन्य राजस्व दस्तुर २७ हजार ८५ रुपैया, अन्य स्रोतबाट प्राप्त वाँडफाँड नहुने रोयल्टी ५ सय, प्रशानिक दण्ड जरीवाना र वफत ३ सय ६५ रुपैया र व्यक्तिगत सम्पत्तीमा लाग्ने कर १ सय ५ रुपैया राजस्व संकलन भएको कोहलपुर नगरपालिकाका राजस्व संकलन शाखा अधिकृत लक्ष्मी योगीले बताइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतबार