कृष्ण कुमार शाही, काेहलपुर ।
बाँकेको कोहलपुरमा रहेको मध्यपश्चिम विश्वविद्यालय, बागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई सोधपत्र प्रस्तावना र प्रतिवेदन लेखन सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार अनुसन्धान व्यवस्थापन इकाई, अर्थशास्त्र, ग्रामिण विकास तथा समाजशास्त्र विभाग र व्यवस्थापन संकायले स्नातकोत्तर तह चौथो सेमेस्टरमा अध्ययरनत विद्यार्थीहरुलाई सोधपत्र प्रस्तावना र प्रतिवेदन लेखन अभिमूखिकरण सम्पन्न गरेको हो ।
सो कार्यक्रममा एम.ए. ग्रामिण विकास र एम.वि.एस. चौथो सेमेस्टरमा अध्ययनरत ६० बढि विद्यार्थीहरुलाई मध्यपश्चिम विश्वविद्यालय ग्रा्याजुएट स्कुल अफ ह्यूम्यानिटिज एण्ड सोसियल साइन्सका सह-प्रध्यापक डा. अमृत कुमार शर्मा गैरेले सहजीकरण गरेका थिए ।
यस्तै बागेश्वरी बहुमुखी क्याम्पसका अनुसन्धान व्यवस्थापन इकाइका संयोजक तोयनाथ पहाडीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्याम्पस प्रमुख दान बहादुर हमालको प्रमुख अतिथि रहेका थिए ।
यस्तै कार्यक्रममा डा.अर्जुन बहादुर ऐडी र अर्थशास्त्र, ग्रामिण विकास तथा समाजशास्त्र विभागका विभागिय प्रमुख रमेशचन्द्र अधिकारी लगायत बागेश्वरीका प्रध्यापकहरुको समेत उपस्थिति रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्