नेपाल रग्वी संघको लुम्बिनी प्रदेश कार्यसमितिले पूर्णता पायो




कोहलपुर ।

नेपाल रग्वी संघको प्रथम विशेष साधारण सभा तथा प्रदेश कार्य समिति निर्वाचनबाट लुम्बिनी प्रदेश अन्तरगर्तको कार्यसमितिले पूर्णता पाएको छ ।

शनिबार एक औपचारीक कार्यक्रम गरी नेपाल रग्वी संघ लुम्बिनी पदेशको कार्य समितिले पूर्णता पाएको हो ।

यस्तै नेपाल रग्वी संघको लुम्बिनी प्रदेश कमिटिको अध्यक्षमा नविन थापा, प्रबिन पोख्रेल, सचिवमा प्रेम चापागाईं र कोषाध्यक्षमा ठाकुर प्रसाद खनाल छन् भने सदस्यहरुमा निरक पोखरेल, डम्बर भण्डारी र सागर खनाल छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य नरेन्द्र थापाको प्रमुख अतिथि तथा नेपाल रग्वी संघको केन्द्रिय सचिवमा गोविन्द घिमिरे उपस्थितिमा लुम्बिनी पदेशको कार्य समितिले पूर्णता पाएकाे हो  ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार १८ गते शनिबार