छिनभरकै पानीले डुब्यो कोहलपुर




काेहलपुर ।

बाँकेकाे काेहलपुर नगरपालिकामा छिनभरकै पानीले डुबेकाे छ । काेहलपुर नगरपालिकाले वर्षेनी कराैडाैका नालीहरू बनाउँछ तर निकास बिनाका। काेहलपुर नगरपालिका ११ गाेलपार्काे दृष्य हाे याे ।

काेहलपुर नगरपालिका ११ काे गाेलपार्कमा पानी पर्ने वित्तकै डुवान पर्ने गर्दछ । यस्तै काेहलपुर नगरपालिका १, २, १४, ८,९ र १० वडामा डुवान भएकाे वडा अध्यक्षहरूले बताएका छन् ।

काेहलपुर नगरपालिका प्रबत्ता नम बहादुर आलेका अनुसार अहिले काेहलपुरमा अधिकांश वडा डुवान परेका छन् । पहिलेका जनप्रतिनिधिहरूले नाली बनाए तर निकास बिनाकाे भन्दै आराेप लगाए ।

काेहलपुर वडा नम्बर ८ का अध्यक्ष  लाल बहादुर रानाले नगर  सभामा  ढल निकासकाे बारेमा बिशेष चासाे लिएकाे बताए । ‘तर पहिलेका  जनप्रतिनिधिले कस्ताे नाली बनाएका हुन्, उनले  भने, ‘पानी नै नजाने ।’

अहिलेकाे नगरपालिकाले  प्रत्येक वडामा ढल निकासकाे लागि दिर्घकालिन याेजना बनाइ सकेकाे रानाले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार १८ गते शनिबार