दार्मा गाउँपालिकाका जनप्रतिनिधिहरूलाई नेतृत्व विकास सम्बन्धी तालिम

शुदाम शर्मा, सल्यान ।

दार्मा गाउँपालिका सल्यानका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई नेतृत्व विकास सम्बन्धी तालिम दिइएको छ।

तालिममा दार्मा गाउँपालिकाका ६ वटै वडाबाट निर्वाचित जनप्रतिनिधि हरूको सहभागितामा रहेको थियो । विशेष गरी दार्मा गाउँपालिकामा निर्वाचित महिला, जनजाति तथा दलित जनप्रतिनिधिहरूको नेतृत्व विकास सम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।

सुशासनमा नागरिक सहभागिता अन्तरगत युरोपेली युनियनको सहयोगमा साथै पाचँवटा पाट्नर संस्था मार्फत साझेदारीमा कर्णाली प्रदेशका तीन जिल्लाहरू कालिकोट, जाजरकोट र सल्यानका १२ पालिकाहरू सञ्चालन भइरहेको परियोजना अन्तरगत जन निर्वाचित प्रतिनिधिहरूलाई लक्षित गरी विभिन्न विषयमा तालिम दिइएको थियो ।

प्रतिनिधिहरूलाई नेतृत्व विकास तालिम, समावेशी योजना, लैङ्गिक उत्तरदायी बजेट, साथै लैङ्गिक समानता र सामाजिक समाबेसिकरणको विषयमा तालीम दिइएको थियो ।

पालिकाको संस्थागत विकासको लागि विभिन्न नीति नियम तथा निर्देशिकाहरुको तर्जुमाको लागि गतिविधिहरू गर्दै आएको र फलस्वरूप अघिल्लो जनप्रतिनिधिहरूबाट पूर्ण सदस्यमा निर्वाचित भएको बताइएको छ ।