स्थानीय राजश्वको दायरा र दर निर्माणका लागि व्यावसायीसंग अन्तरक्रिया

शुदाम शर्मा, रुकुम पश्चिम ।

रुकुम (पश्चिम) जिल्ल्लाको मुसिकोट नगरपालिकामा स्थानीय राजश्वको दायरा र दर निर्माणका लागि व्यवसायीसंग अन्तक्रियाका कार्यक्रम गरेको छ ।

मुसिकोट नगरपालिकाको आगामी वर्ष २०७९/०८० का लागि आर्थिक ऐन निर्माण गर्नुपूर्वक पालिकामा रहेका उद्योगी, व्यापारी र सरोकारवालासंग अन्तक्रिया कार्यक्रम गरिएको हो । मंगलबार नगरपालिका १ मा रहेको वालमन्दिर हलमा अन्तरक्रिया गरिएको थियो ।

यस्तै कार्यक्रममा सहभागी व्यवसायीहरुले करको दायरा बढाउनुपर्ने र दर घटाउनु पर्नेमा जोड दिएका थिए ।

यस्तै बजार अनुगमनमा कडाइ हुनुपर्ने, एउटा पसल दर्ता गरी दुई वा दुई भन्दा बढि पसल सञ्चालन गर्ने प्रवृति बढकोले त्यस्ता पसलहरुलाई कार्बाहीको दायरामा ल्याउनु पर्ने, कर असुलीमा अझै झन्झटिलो प्रक्रिया रहेकोले कर असुली सहजै गर्न सक्ने वातावरण सृजना गर्नुपर्ने जोड दिएका थिए ।

यस्तै नगर प्रमुख महेन्द्र केसीको विशेष उपस्थीति र उप प्रमुख बिमल कुमार पुनको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुन, १ नम्बर वडा अध्यक्ष ज्ञानु चन्द्र चन्द, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पहल बहादुर खड्का लगायत खलंगा स्थित होटेल व्यवसायी, पसल व्यवसायी, उद्योगी, ब्यापारी, बजार व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नगरपालिका राजश्व अनुमान समितिका सदस्य एबं रुकुम उद्योग बाणिज्य संघका सचिव दल बहादुर खड्काले गरेका थिए ।