दिपनगर चोकको प्रतिक्षालयमा बेवारिसे लास फेला

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ स्थित दिपनगर चोकमा रहेको प्रतिक्षालयमा बेवारिसे लास फेला परेको छ ।

बुधबार कोहलपुर सुर्खेत सडकखण्डमा पर्ने सो प्रतिक्षालयमा एक महिलाको शव देखेपछि करिब ६ बजेतिर स्थानीयहरुले प्रहरीलाई खबर गरे ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐन बहादुर मल्लले अहिलेसम्म कस्को शव हो भन्ने पहिचान हुन नसकेको बताए ।

‘करिब ६०/६५ वर्षको महिला जस्तो देखिन्छ, उनले भने, ‘मागेर हिड्ने होकी भन्ने शंका गरिएको छ,तर वास्तविक भने अझै केही जानकारी भएको छैन ।’

अहिले शवलाई भेरी अस्पतालमा राखि सम्बन्धीत व्यक्तिहरुलाई खोजी कार्य भइरहेको डिएसपी मल्ले कोहलपुर टुडेलाई जानकारी दिएका हुन् ।

साे शव कोहलपुर इलाका प्रहरी कार्यालयकाे राेबरमा नगर पालिकाकाे गाडीमा भेरी अस्पतालमा पाेष्टमाटमकाे लागि लगिएकाे वडा अध्यक्ष हरिसंह कठायतले जानकारी  दिए ।  अहिलेसम्म कस्को शव हो भन्ने पहिचान हुन सकेकाे छैन।