बैजनाथमा लाठी प्रहार गरी खड्काको हत्या, ४ जना पक्राउ

कोहलपुर ।

बैजनाथ गाउँपालिकामा लाठी प्रहार गरी एक जना युवाको हत्या भएको छ ।

सोमबार बिहान अन्दाजी २ बजेको समयमा बैजनाथ गाँउपालिका-४ एलबी चौकमा बैजनाथ-६ का ३० वर्षिय मिलान भन्ने दीक्षित खड्काको लाठी प्रहार गरी हत्या गरिएको हो ।

खड्कालाई ४ युवकले कुटपिट गरेपछि सख्त घाइते भएका खड्का लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको ईलाका कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐन बहादुर मल्लले बताए ।

उनका अनुसार थप उपचारका लागि वीर अस्पताल रिफर भएका उनको दिउँसो २ बजे मृत्यु भएको हो ।

सो कुपपिट गर्ने ४ जनालाई हत्या आरोपमा पक्राउ गरिएको डीएसपी मल्लले बताए । पक्राउ पर्नेमा बैजनाथ गाँउपालिका-३ का सुन्दर शाही, पुर्ण बुढामगर, खगेन्द्र थापा मगर र ४ का गोविन्द बिक रहेका छन् ।