कोहलपुर ।
विप्लव नेपाल कम्यूनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को चौथो पुर्ण बैठकबाट प्रतिमा चौधरी केन्द्रिय सर्वसम्मत कोषाध्यक्षमा चयन भएकी छिन् ।
काठमाडौं जिल्लामा ११ गते देखि १३ गते सम्म बसेको चौथो पुर्ण बैठकबाट प्रतिमा चौधरीलाई कोषाअध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।
को हो हुन प्रतिमा चौधरी ?
सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् । उनी इकाई कमिटिदेखि अध्यक्ष हुँदै २०७४ सालको दाङको २१ औं जिल्ला सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । २१ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्य भइन् ।
पछि २२ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सचिवालय सदस्यको जिम्मा पाएकी उनले अहिले कर्णाली प्रदेश र बाके-बर्दियाको इन्चार्ज हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्