बाँसगढीको बजेट ८४ करोड ८९ लाख ९७ हजार

रावन विश्वकर्मा ।

बर्दिया बाँसगढी नगरपालिकाले झण्डै ८५ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । आर्थिक बर्ष २०७९।०८० कोे निति तथा कार्यक्रम कार्यान्वयनको लागि ८४ करोड ८९ लाख ९७ हजार बराबरको बजेट नगर सभामा प्रस्तुत गरिएको छ । बाँसगढी नगरपालिकाका नगर उपप्रमुख ईन्दिरा चौधरीले शुक्रबार ११ औँ नगर सभाको दोस्रो बैठकमा उक्त बजेट पेश गरेकी हुन ।

आर्थिक बर्ष २०७८।०७९ को बजेट भन्दा आगामी २०७९।०८० कोको लागि झण्डै १० करोड बढी बजेट बिनियोजन गरिएको छ । आर्थिक बर्ष २०७८।०७९ मा ७५ करोड ३१ लाख २७ हजार बढी बजेट बिनियोजन गरिएको थियोा । आगामी बर्षको अनुमानित बजेटमा चालु खर्च तर्फ ४८ करोड ७७ लाख ५९ हजार र पुँजीगत खर्च तर्फ ३६ करोड १२ लाख ३८ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । बजेटमा आर्थिक बर्ष २०७९।०८० मा नगरपालिकाले संघिय, प्रदेस र आन्तरिक स्रोतहरुको बिभिन्न शिर्षकमा आम्दानीको प्रक्षेपण गरिएको छ ।

नगरको बजेटमा संघीय सरकार वित्तिय समानीकरण अनुदान तर्फ १७ करोड १९ लाख, सशर्त अनुदान ३० करोड ३७ लाख, बिशेष अनुदान १ करोड, समपुरक अनुदान २ करोड ३० लाख, राजस्व बाडफाँड १३ करोड ७५ लाख २७ हजार र राजस्व बाँडफाँड बन रोयल्टी तर्फ ६ लाख रुपैया बिनियोजन गरिएको छ । त्यस्तै प्रदेश सरकार वित्तिय समानीकरण अनुदान तर्फ ९६ लाख ९४ हजार, सर्शत अनुदान १ करोड ३० लाख, बिशेष अनुदान ७० लाख समपुरक अनुदान २ करोड र राजस्व बाँडफाँत तर्फ २ करोड ७० हजार ७६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ भने घरजग्गा रजिष्टेशन मालपोत कार्यालय तर्फ २ करोड, नदिजन्य पदार्थ ढुंगा, गिट्टी बालुवा विक्रि तर्फ ५५ लाख आन्तरिक स्रोत तर्फ ३ करोड रकम बिनियोजन गरिएको छ भने बाँकी ७ करोड अघिल्लो बर्षको अ.ल्या रकमको रुपमा बजेटमा राखिएको छ ।

बजेटमा समग्र शिक्षा तथा खेलकुद तर्फ ४ करोड, कृर्षि तर्फ २ करोड, पशु विकास तर्फ १ करोड, स्वास्थ्य सेवाका लागि १ करोड ७५ लाख रुपैया बिनियोजन गरिएको छ । निति तथा कार्यक्रममा नगरको नमुना कार्यक्रमको रुपमा राखिएको “एक छोरी एक बैँक खाता” कार्यक्रमको लागि २० लाख रुपैया, म बनाउँछु मेरो विद्यालय भावना जागृत गराउदै शैक्षिक जागरण तथा शैक्षिक सुधारका लागि हातेमालो कार्यक्रम सञ्चालन गर्न ३ लाख रुपैयाँ, कृषि विमा कार्यक्रमका लागि ७ लाख, घुम्ति पशु शिविरका लागि १२ लाख, पशु विमा कार्यक्रमका लागि २५ लाख विनियोजन गरिएको छ । नगर सभाको दोस्रो बैठकमा बाँसगढी नगरपालिकाको आर्थिक बर्ष २०७९।०८० को बिनियोजन विधेयक र आर्थिक बिधेयक समेत प्रस्तुत गरिएको छ ।

नगर सभामा प्रस्तुत बजेट र बिधेयकहरु छलफल पछि पारित गरिने नगर प्रमुख खडक बहादुर खड्काले जानकारी दिए । चालु आर्थिक बर्षको कुल ७७ करोड २० लाख ९५ हजार ९ सय ३९ पैयाँ ६१ पैसा आम्दानी मध्य जम्मा ४८ करोड ५३ लाख ८६ हजार ९ सय ५८ रुपैया ०५ पैष मात्र खर्च भएको बजेटमा उल्लेख गरिएको छ ।