रोल्पाको परिवर्तन गाउँपालिकाको बजेट पारितको (पूर्णपाठ)

कोहलपुर । रोल्पाको परिवर्तन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४४ करोड ७० लाख ७८ हजार बराबरको बजेट ल्याएको हो। जसमा चालू तर्फ २९ करोड ७४ लाख ४१ हजार २ सय अर्थात ६६.५३ प्रतिशत रहेको छ भने पुँजीगत तर्फ १४ करोड ९६ लाख ३६ हजार ८ सय अर्थात ३३.४७ प्रतिशत रहेको छ।                                         परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा भएको बजेट भाषण परिवर्तन गाउँपालिका २ का वडाध्यक्ष तथा परिवर्तन गाउँपालिका प्रवक्ता हरिप्रसाद बुढामगरले गर्नु भएको थियोे। बुढामगरले बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो। पालिका अध्यक्ष बुढामगरले बजेट गाउँ सभाबाट पास भएको घोषणा गर्दै बजेट कार्यक्रम सकिएको घोषणा गर्नु गरेका थिए । पालिका अध्यक्षले आर्थिक वर्ष २०७९/८० को नीति,कार्यक्रम तथा बजेट ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नु हुने सम्पूर्ण कर्मचारीहरुमा आभार व्यक्त गर्दै धन्यवाद समेत दिएका थिए । बजेट कार्यक्रममा परिवर्तन गाउँपालिका ६ वडाका वडाध्यक्षहरु,गाउँकार्य पालिकाका सदस्यहरु, वडा सदस्यहरु, महिला वडा सदस्यहरु, गाउँपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारीका प्रमुख तथा कर्मचारीहरु र ६ वडाका सचीवहरुको सहभागिता रहेको थियो। बजेट कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले गरेका थिए ।