कोहलपुर । मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पसमा जनतासंग न्यायाधीश कार्यक्रम सम्पन्न भएको छ । स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु संग अन्तरकृया गरि कार्यक्रम सम्पन्न गरिएको हो । जनतासँग न्यायाधीश कार्यक्रम´ अन्तर्गत उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका माननीय न्यायाधीश वामदेव ज्ञवालीद्वारा मानविकी संकाय, स्नातक तहका विद्यार्थीहरुलाई कानुनी सहायता, सचेतना र न्यायमा पहुँचसम्बन्धीको ज्ञान प्रदान गर्ने उदेश्यले यो कार्यक्रम गरिएको हो । कार्यक्रममा विशिष्ट अतिथि रजिस्ट्रार सुर्य शर्मा कडेल थिए । कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख दान बहादुर हमालको अध्यक्षतामा सम्पन्न भएको थियो । झन्डै ७० विद्यार्थीको उपस्थित रहेको कार्यक्रमको समाजशास्त्र विषयका उप प्रा नवीन किशोर रत्नले कोहलपुर टुडेलाई जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्