नेपालगन्जमा एक करोडको लागतमा अत्याधुनिक बिजुली घर सञ्चालन

नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित कारकाँदो चोकमा अत्याधुनिक सुविधा सहितको बिजुली घर सञ्चालनमा आएको छ । सुस्मिता गिरीले सञ्चालनमा ल्याएको बिजुली घरको कार्यक्रमका प्रमुख अतिथी एवम् नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरीले बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

नर्सिङमा अष्ट्रेलियाबाट मास्टर्स डिग्री (स्नातकोत्तर तह) पुरा गरि स्वदेश फर्केकी गिरी ब्यापार ब्यवसायमा होमिएकी हुन् । बिजुली घर उद्घाटन गर्दै संघका अध्यक्ष मन्सुरीले उद्योग, व्यवसाय प्रर्बद्धन कार्यमा बिजुली घर सञ्चालनसँगै थप टेवा पुग्ने विश्वास गरे ।

उनले भने, ‘हामी समग्र नेपालगन्जको उद्योग ब्यवसायको प्रर्बद्धनमा जुटेका छौं, नेपालगन्जको उद्योग ब्यवसायको भीडमा फरक पहिचान र सेवा प्रदान गर्न खुलेको बिजुली घरले उपभोक्तालाई बिजुलीको सामान खरिद गर्न पसलपिच्छे भौतारिनुपर्ने झण्झट मुक्त गर्नेछ ।’

बिजुली घरबाट बिजुलीका अत्याधुनिक सामाग्रीको विक्री वितरण गरिनुका साथै अर्डर अनुसार होम डेलिभरीको समेत व्यवस्था गरिएको गिरीले बताइन् । ‘बिजुली घरमा आधुनिक बिजुलीका सामान सुपथ मूल्यमा विक्री वितरण हुनेछ,’ उनले भनिन् ‘विश्व प्रख्यात मल्टिनेशनल लेग्रेण्ड र ओपलका विभिन्न उत्पादन बिक्री गरिन्छ ।’

एक करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको बिजुलीघरमा उपभोक्ताको माग अनुरुप गुणस्तरीय विश्वप्रख्यात लेग्रेण्ड कम्पीनीका मुडलर स्विचहरु, ओपल ब्राण्डका लाइटहरुका साथै विभिन्न मोडलका झुमर, वाल लाईट, आउट डोर लाइट तथा सिधै मोबाईल चार्ज गर्न मिल्ने स्विचहरु पाइने सञ्चालक गिरीले बताइन् ।