आचार्यको निति : हरित नगर बनाउन “एक घर दुई विरुवा हामी आफै कुरुवा”

काेहलपुर ।

बुधबार कोहलपुर नगरपालिलकाका मेयर पूर्ण प्रसाद आचार्यले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम ल्याएका छन् ।

बुधबार कोहलपुर नगर सभामा ११ औं नगरसभाको बैठकमा नीति तथा कार्यक्रमले उनले चुनावकै बेला गरेका वाचाहरुलाई पछ्याउँदै नीति तथा कार्यक्रम ल्याएका छन् ।
“एक घर दुई विरुवा हामी आफै कुरुवा” भन्ने मूल नाराका साथ आथिक वर्ष २०७९/८० देखि घर नक्सा पास गरी निर्माण गर्ने धनीले नयाँ घरको निर्माण सम्पन्न प्रमाण-पत्र लिनु पुर्व कम्तिमा दुई वटा बिरुवा अनिवार्य रुपमा रोपि संरक्षण गरेको प्रमाणका आधारमा प्रमाणपत्र जारी गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।