आचार्यको निति तथा कार्यक्रम : “युवाको जवानी कोहलपुरमा लगानी”




काेहलपुर ।

बुधबार कोहलपुर नगरपालिलकाका मेयर पूर्ण प्रसाद आचार्यले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम ल्याएका छन् ।

बुधबार कोहलपुर नगर सभामा ११ औं नगरसभाको बैठकमा नीति तथा कार्यक्रमले उनले चुनावकै बेला गरेका वाचाहरुलाई पछ्याउँदै नीति तथा कार्यक्रम ल्याएका छन् ।

“युवाको जवानी कोहलपुरमा लगानी“ भन्ने नाराका साथ उत्पादन मूलक क्षेत्रमा युवा सहभागिता बढाइने र विदेशवाट रोजगारि गुमाएर फर्किएका युवालाई लक्षित गरी कृषि पेशामा आकर्षण गर्न प्रतिफलमा आधारित अनुदान सहितको अभिमुखीकरण कार्यक्रम गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार ८ गते बुधबार