बागेश्वरी बहुमुखी क्याम्पसमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

कोहलपुर ।

बाँकेकाे  कोहलपुर-११ मा रहेकाे बागेश्वरी बहुमुखी क्याम्पसमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बुधबार कार्यक्रमका प्रमुख अतिथि  क्याम्पस प्रमुख दान बहादुर हमालले ब्यानर पढेर उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दै ट्राफिक सचेतना कार्यक्रमबाट नियमित पाठ्यक्रमभन्दा फरक अतिरिक्त पाठ्यक्रमका रूपमा सिक्नुपर्ने जानकारी दिए । उनले यो कार्यक्रम बाट ज्ञान लियर सडक दुर्घटना न्यूनिकरण हुन सक्ने बताएका थिए ।

ट्राफिक सचेतनाले दिनमा सडक यात्रा गर्दा, सवारी साधन चलाउदा बाटो काट्दा ध्यान दिएर अगाडि बढन सहयोग पुग्ने हमालले बताए  ।

कार्यक्रममा विशेष अतिथीका रूपमा पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्माले यो कार्यक्रम निकै व्यवहारिक तथा जीवन उपयोगी भएको जानकारी दिए । उनले यस्तो महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा समाजसेवा संस्थालाई धन्यवाद दिए । कार्यक्रमको सहज कर्ता जिल्ला ट्राफिक कार्यलय बांकेका प्रमुख सुदिप हमालले पावर प्वाइन्ट स्लाईडको माध्यम बाट सहजीकरण गरेका थिए ।

उनले विश्वमा बार्सिक १२ लाख मानिसहरु सडक दुर्घटनाको कारण ज्यान जाने गरेको जानकारी गराए । उनले हरेक मानिसले यो कार्यक्रम तथा ट्राफिक नियम अनिवार्य रूपमा सिक्नुपर्ने जानकारी दिए । मानिस आफ्नो कारण सड्क दुर्घटना हुने गरेको जानकारि दिए । सवारी साधन चलाउने काम गर्दा यश खालको नियम पालन गरि अगाडि बढन जानकारी दिए ।

कार्यक्रम कोहलपुर नगरपालिकाको आर्थिक सहयोग,जिल्ला ट्राफिक कार्यालयको प्राविधिक सहयोग तथा समाज सेवा संस्थाको आयोजनामा कोहलपुरका विद्यालय तथा कलेजमा सन्चालन गरिदै आएको छ । कार्यक्रममा १२० विद्यार्थीको सहभागिता रहेको थियो ।

कोहलपुरमा समाज सेवा संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । यस संस्थाले एम्बुलेन्स सेवा दिने गरि आर्थिक स्रोत जुटाई रहेको  समाज सेवा संस्थाका अध्यक्ष बिनोद थापाले बताए ।