आठौ अन्तराष्ट्रिय योग दिवस कोहलपुरमा प्रशिक्षण तथा योग गरेर मनाईयो

काेहलपुर ।

आठौ अन्तराष्ट्रिय योग दिवस अवसरको नेपाल– भारत मैत्री संघ उप–शाखा कोहलपुरले योग प्रशिक्षण दिएर कोहलपुरमा मनाएको छ । कोहलपुर ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको सभाहलमा प्रशिक्षक तारा नाथ गिरी र भावना भण्डारीले योग गराएका थिए ।

योग दिवसको आवसरका नेपाल भारत मैत्री संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुष्मा शर्माले योग गर्नु भनेको मानव स्वास्थ्यका लागी अति उपयुक्त कार्यभएको वताईन । उनले योग गर्दा विभिन्न खालका रोगहरुबाट छुट्कारा पाउन सकिने जस्ता अनेकै फाईदा योगले गर्ने वताईन् ।

यो प्रशिक्षण कार्यक्रमको सभापतित्व नेपाल–भारत मैत्री संघका कोहलपुर उप शाखा अध्यक्ष चण्डी प्रसाद गैरेले अहिलेको विभिन्न खालका स्वास्थ्य समस्याले मानिसलाई सताई राख्ने भएकाले योग प्रशिक्षण सिकाउने कार्यक्रम राख्यको बताए ।

कार्यक्रम वाट सिकेका कुरा घरमा गएर नियमित गर्दा मात्र आजको योग दिवस को अवसरमा गरिएको प्रशिक्षण कार्यक्रमको उपलव्धी हुने वताए । प्रशिक्षक तारा नाथ गिरीले योग भनेको मानव स्वास्थ्यलाई निरोगी ,फुतिलो र लामो आयू वनाउने अचुत उपाए भएको वताए । यसलाई नियमित गर्दा मात्र फाईदा हुने भएकाले योग दिवसको अवसरमा मात्र नभएर नियमित गर्ने वानी वसाल्नुपर्ने वताए ।

योग दिवसको अवसर पारेर नेपाल–भारत मैत्री संघ कोहलपुरले ज्ञानोदय सामुदायिक पुस्तकालयलाई १५ पिस कुसन समेत हस्तान्तरण गरिएको थियो ।

कुसन लिदै ज्ञानोदय सामुदायिक पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले नेपाल भारत मैत्री संघले यस पुस्तकालयलाई विभिन्न समयमा सहयोग र सहकार्य गदै आएकोमा धन्यवाद दिएका थिए । संघसंग पुस्तकालयले कोरोनाको समय तथा बाढिको समयमा समेत विभिन्न खालका सहयोगका कार्यक्रम संगै गदै आएको भट्टराईले वताएका थिए ।

कार्यक्रमा नेपाल भारत मैत्री संघका पुर्व केन्द्रिय सदस्य अमर खड्का ,सामुदायिक पुस्तकालयका केन्द्रिय उपाध्यक्ष जयश्वर पौडल , पुस्तकालयका पुर्व सदस्य भेषराज गैरे , पुस्तकालयका सदस्य ठाकुर प्रसाद भुषाल, नेपाल भारत मैत्री संघ कोहलपुरका खिना राना , फुलाराम थारु , राधा रेग्मी , हरी श्रेष्ठ , लक्ष्मी पौडेल,शिवध्वज शाहि , चण्डी प्रसाद गैरे लगाएतको सहभागिता रहेको थियो ।