अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कमिटिद्धारा मुल्य वृद्धि विरुद्ध १ घण्टे सडक चक्काजाम




प्रदिप  कुमाइ, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध १ घन्टे सडक चक्काजाम गरेका छन् ।

मंगलबार अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कमिटिद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध १ घन्टे सडक चक्काजाम गरिएको हो ।

बागेश्वरी क्याम्पसको गेठदेखि साँझा चोकमा पुगेर विद्यार्थी र्‍याली निकाली टायर बालेर १ घन्टा चक्काजाम गरिएको अनेरास्ववियु केन्द्रिय सदस्य तथा बाँके जिल्ला सह इन्चार्ज टोप राज जैसीले जानकारी दिए ।

सो आन्दोलन कार्यक्रममा अनेरास्ववियु बागेश्वरी  बहुमुखी क्याम्पस अध्यक्ष महेन्द्र प्रकाश मल्लको उपस्थिति रहेको थियो ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार ७ गते मंगलबार