खेलकुद मन्त्री अथकद्वारा १०४ हजयात्रीलाई बिदाइ




काेहलपुर  ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०४ हजयात्रीलाई बिदाइ गरेका छन । उनले मंगलबार बिहान विभिन्न जिल्लाका हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन ।

मन्त्री अथकले आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजकालागि मक्का मदिना जान लागेका १०४ हजयात्रीहरुलाई दोसल्ला ओढाएर बिदाइ गरेका थिए । बिदाइ हुनेहरुमा बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हजयात्री तथा १ जना प्रतिनिधी रहेका छन ।

हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार ७ गते मंगलबार