निति तथा कार्यक्रममा समावेश गर्न उवासंघ कोहलपुरद्धारा नगरपालिकालाई ९ बुँदे माग पत्र

कोहलपुर ।

कोहलपुर नगरपालिकालाई आगामी निति तथा कार्यक्रममा समावेश गर्नका लागि उद्योग वाणिज्य संघ कोहलपुरले ९ बुँदे माग सहित नगर प्रमुख पूर्ण आचार्यलाई बुझाएको छ । सोमबार कोहलपुर नगरपालिकाका मेयर आचार्यको कार्यकक्षमा गई उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले ९ बुँदे माग पत्र बुझाएका छन् ।

माग पत्र बुझाउँदै उवासंघका अध्यक्ष पौडेलले सडकमा रहेको फुटकर व्यवसायदेखि भाडामा सञ्चालन भएका व्यवसाय हुँदै उद्योग, पर्यटन सम्मका योजनाहरु रहेको बताए । कोहलपुर नगरपालिका भित्रका व्यवसायी, उद्योगी, पर्यटन व्यवसायी तथा फुटकर व्यवसायीहरुले भोगेका समस्याहरुको समाधानका लागि माग पत्र बुझाउन आएको अध्यक्ष पौडेलले बताए ।

माग पत्र बुझँदै नगर प्रमुख आचार्यले यहाँहरुले उठाएका विषयहरु निकै राम्रो र जनताको समस्या झल्किरहेको बताए । ‘नगरमा रहेका व्यवसायी, उद्योगी, फुटकर व्यवसायका समस्या भनेको हाम्रा समस्या हुन्, उनले भने, ‘९ वटा बुँदाहरुलाई नै कार्यान्वयन गर्नका लागि व्यवसायीहरुको साथ सहयोगको आवश्यक छ । त्यसको लागि व्यवसायीहरुले पटक पटक समय-समयमै नगरपालिका आउनका लागि अनुरोध समेत गरे ।

यस्ता छन् मागहरु