कोहलपुर ।
बाँकेमा यही असार ९ गतेदेखि ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार ७६ हजार २ सय ३९ बढी बालबालिकालाई खोप दिन लागिएको हो ।
स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन नरेश श्रेष्ठका अनुसार यहि असार ९, १० र ११ गतेसम्म चल्ने खोप अभियान सुरु गरिनेछ । अहिले विद्यालय केन्द्रिय अभियानहरु सञ्चालन हुनेछ ।

यस्तै स्वास्थ्य पत्रकार मंचका मंचका निर्वतमान अध्यक्ष कल्पना आचार्यले खोप अभियानलाई प्रभावकारी बनाउन संचारकर्मीहरुले सहि र तथ्य सूचनाहरु प्रवाह गर्न आग्रह गरिन् ।
सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा २० हजार २३१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ भने सबैभन्दा कम नरैनापुर गाउँपालिकामा ६ हजार ३३२ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । बैजनाथ गाउँपालिकामा ८ हजार ३४५, डुडुवा गाउँपालिकामा ६ हजार ९८८, जानकी गाउँपालिकामा ६ हजार ३७२ जनालाई खोप लगाउने लक्ष्य छ ।
यस्तै कोहलपुर नगरपालिकामा १० हजार २३१, खजुरा गाउँपालिकामा ८ हजार २२४ र राप्तीसोनारी गाउँपालिकामा ९ हजार २५७ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ । यस्तै खोप लगाउने लक्षित समूह ४ लाख १ हजार ७९९ जनामध्ये अहिलेसम्म खोपको पहिलो मात्रा पूरा गर्नेको संख्या ८४.४ प्रतिशत रहेको छ भने दोस्रो मात्रा पूरा गर्नेको संख्या ७१.६ प्रतिशत रहेको छ । यस्तै वुष्टरको मात्रा लगाउनेको संख्या भने १८.२२ प्रतिशत मात्रै रहेको श्रेष्ठले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्