Kohalpur Today Header Ads

विद्युत अनियमितताबारे कांग्रेस बाँकेद्वारा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई ध्यानाकर्षण 




काेहलपुर । 

नेपाली काँग्रेस  बाँकेले विद्युत अनियमितताबारे कांग्रेस बाँकेद्वारा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई ध्यानाकर्षण गराएकाे छ ।   आइतबार जिल्ला सभापति नारायणप्रसाद गौडेल नेतृत्वको टोलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ध्यानाकर्षण गराएको हो ।

सो क्रममा कार्यकारी निर्देशक घिसिङले बाँके जिल्लामा उत्पन्न बिद्युत समस्या समाधानका गम्भिर भएर लागेकाे बताए । ‘बाँके जिल्लाको बिद्युत समस्याबारे गम्भिर छु, यो समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु,’ उनले भने ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

ध्यानाकर्षण पत्र बुझाउन सभापति गौडेल, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सदस्य मनप्रसाद अचार्य, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् कांग्रेस नेता चक्र अधिकारी प्राधिकरणको केन्द्रीय कार्यालयमा पुगेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार ५ गते आइतबार