कोहलपुर ।
कोहलपुर नगरपालिका-२ मा सामुदायिक प्रहरी सेवा केन्द्रको भवन शिलान्यास गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रम गरी कोहलपुर सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो । कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले शिलान्यास गरेका थिए । शिलान्यास गर्दै मेयर आचार्यले कोहलपुरबासीहरुले प्रत्यक्ष रुपमा अनुभुति हुने गरी सेवा प्रवाह गर्ने उद्देश्यका साथ भवनको शिलान्यास गरिएको बताए ।
‘कोहलपुर क्षेत्रमा बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुजाति र क्षेत्रफलको हिसाबमा पनि नजिक खुल्ला सिमानाको कारणले गर्दा सुरक्षा दृष्टिकोणलाई मजबुद बनाउनका लागि भवनको अपरिहार्य छ, उनले भने, ‘त्यसकारणले गर्दा जनताका समस्याहरुलाई समाधान गर्ने र समाजमा भएका विकृति र विसगतिलाई न्यूनिकरण गरी सभ्य समाजको निर्माणकोे अभियानमा छौं ।’ त्यसको लागि कोहलपुरबासीहरुले सो अभियानमा समुदाय र प्रहरी विचको सम्बन्ध मजबुत बनाई आडिबढ्नुपर्ने आचार्यको भनाई थियो ।
यस्तै कार्यक्रमा सामुदायिक सेवा केन्द्र कोहलपुरका संस्थापक अध्यक्ष नारायण प्रसाद गौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम कृष्ण अधिकारी, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ऐन वहादुर मल्ल, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र अधिकारी, २ का वडा अध्यक्ष हरिसिंह कठायत, ४ का मुवारक अलि गुजर, ८ का वडा अध्यक्ष लाल वहादुर राना र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दिपेन्द्र कुमार जोशी लगायतको उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्