कोहलपुरमा साढे ३ लाखको लगानीमा गोल्डेन जब अपरच्यूनिटी लिङ्क सञ्चालन

प्रदिप कुमाई, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा साढे ३ लाखको लगानीमा गोल्डेन जब अपरच्यूनिटी लिङ्क सञ्चालनमा आएको छ । शुक्रबार एक औपचारिक कार्यक्रम गरी नेपाल टेलिकम नजिकै गोल्डेन जब अपरच्यूनिटी लिङ्क सञ्चालनमा आएको हो ।

यस्तै गोल्डेन जब अपरच्यूनिटी लिङ्कका सञ्चालक कल्पना कँडेलले अत्याधुनिक सेवा सुविधा सहितको सेवा दिनका लागि सञ्चालनमा ल्याइएको बताइन् ।

‘यो काठमाडौं, पोखरा, विराटनगर, धनगढी लगायत विभिन्न ठुला शहरहरुमा यो सेवा प्रवाह गरिरहेका छन् तर कोहलपुरमा भने सेवा सुरु भएको छैन, उनले भनिन्, ‘त्यसकारणले कोहलपुरमा पनि बाहिर वा स्थानीय स्तरबाटै जब अपरच्यूनिटी लिङ्कबाट काम गरिन्छ ।’

यसले संघ-संस्था, बैंक, कम्पनी, वित्तिय संस्था, फर्म, कलकारखाना, उद्योग, शैक्षिक संस्था, पसल, होटेल, रेष्टुरेन्ट, सेक्युरिटी गार्ड, छापाखाना तथा जुनसुकै क्षेत्रमा काम गर्नका लागि दक्ष जनशक्ति उपलब्ध गराइने कंडेलले बताइन् ।