सिद्ध कुमाखकाे डाडाकटेरीमा आगो निभाउन गएका बुढाथोकीकाे मृत्यु




शुदाम शर्मा

सल्यानमा वनमा लागेको आगो निभाउन गएका एक पुरूषको मृत्यु भएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका वडा नम्बर ३ डाडाकटेरीका अन्दाजि ५७ बर्षिय दल बहादुर बुढाथोकीको मृत्यु भएको हो ।

शुक्रबार राति देखि दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने क्रमममा आगोको हर्कोले जलेर उनको मृत्यु भएको स्थानियले जानकारी दिएका छन ।

स्थानियका अनुसार बुढाथोकी खोटोको काम गर्ने भएका कारणले खोटोको बाकसहरु बचाउने क्रममा दिउसो करीब १२ बजे तिर आगोमा परेरे मृत्यु भएको हो । घटनाको अनुसन्धानको लागि जिल्लाबाट प्रहरी निरीक्षक सहितको टोली घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सल्यानका डिएसपी सुमित खडकाले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिबार