बुटवल ।
पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर भैरहवामा एक युवकको मृत्यु भएको छ । होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो ।
शुक्रबार सांझ साथीहरूसँगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर स्विमिङ्ग पुलमै बेहोस भएपछि उद्धार गरी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताए ।
मृतकका आफन्तले स्विमिङ पुलमा लाइफ गार्डको व्यवस्था नहुँदा घटना भएको आरोप लगाएका छन् । यसअघि जेठ ३१ गते रुपन्देहीकै तिलोत्तमा नगरपालिका-३ स्थित बीग चियर रिसोर्टको स्विमिङ्ग पुलमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका तिलोत्तमा-१ शंकरनगरका ३० वर्षीय सन्दीप पौड्याल मृत्यु भएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्