इन्द्र बुढाथाेकी, सल्यान ।
बनगाड कुपिण्डे नगरपालिकाको दोश्रो कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले नगर सभा सम्बन्धि विभिन्न निर्णय समेत गरेको छ । बैठकले आउदो नगर सभाबाट पारित गर्नेको लागि बस्ती स्तरबाट योजना छनोट गरेर ल्याउने समेत निर्णय गरेको ३ न वडा अध्यक्ष तथा प्रवक्ता धनबहादुर पुनमगरले जानकारी दिनु भएको छ ।
साथै राजस्व परामर्श समितिबाट पेश भएको आ।व। २०७९/०८० का लागि प्रस्तावित कर तथा राजश्वका दर सहितको प्रतिवेदन संसोधन सहित, पारितका लागि आगमि नगर सभामा पेश गर्ने निर्णय गरेको छ । मालपोत कार्यालय सल्यानबाट २०७९/०८० मा घर जग्गाको प्रयोजनका लागि घर जग्गाको न्युनतम मूल्याङ्कन (मूल्य निर्धारण) का लागि राय सुझाव माग भएकोमा २०७८/०७९ को मूल्याङ्कनको लागि
नगरपालिका भित्रका सबै बजार क्षेत्रहरुको मालपोत कार्यालय सल्यान राय सुझाव पेश गर्ने भूउपयोग ऐन, २०७६ को दफा १८ को उपदफा २ बमोजिम सम्बन्धित नगर कार्यपालिकाका सम्पूर्ण सदस्यहरु भूउपयोग परिषद सदस्य रहनुहुने व्यवस्था भएकोले नगर कार्यपालिकिले नै भूउपयोग परिषदको रुपमा कामकाज गर्ने निर्णय गरेको प्रवक्ता पुनमगरले बताउनु भएको छ ।
स्रोत अनुमान तथा बजेट सिमा निरधारण समितिले प्रस्ताव गरेको बजेट सिमालाई सामान्य परिमार्जन गरी आगमि आर्थिक वर्ष २०७९र०८० का लागि योजना तथा कार्यक्रम प्रस्ताव गर्न वडा कार्यालय तथा विषयगत शाखालाई निर्देशन गर्ने निर्णय गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्