मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा प्रस्तावना लेखन एवं अनुसन्धान सम्बन्धी अभिमूखिकरण सुरु




सुदाम शर्मा, कर्णाली प्रदेश ।

मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा प्रस्तावना लेखन एवं अनुसन्धान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । शक्रबार रुकुम पश्चिमको समन्वय र विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा आयोजनामा प्रस्तावना लेखन एवं अनुसन्धान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रमको नवनिर्वाचित जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतमले उद्घाटन गरेका थिए । पहिलो दिनमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नरेन्द्रराज पनेरू र उमानाथ शर्माले सहजीकरण गरेका थिए ।

त्यस्तै उपप्राध्यापक एवं अधिवक्ता ढुण्डीराज शर्मा, रुकुमेली क्याम्पसका क्याम्पस प्रमुख मीन बहादुर पुन, सिम्रुतु क्याम्पसका पूर्व क्याम्पस प्रमुख चन्द्रा ओली, जहारी क्याम्पस खोलागाउँका क्याम्पस प्रमुख सुदर्शन शाह, शितल क्याम्पस चौरजहारीका सहायक क्याम्पस प्रमुख देव बहादुर शाही, सानीभेरी शिक्षा क्याम्पसका क्याम्पस प्रमुख भागीराम भण्डारीले प्रस्तावना लेखन एवं अनुसन्धान सम्बन्धीत विद्यार्थीहरुलाई कसरी लेख्ने र अनुसन्धान गर्ने विषयमा जानकारी दिने उपप्रध्यापक डम्बर बहादुर खड्काले बताए ।

यस्तै जाजरकोट र रुकुम पूर्वका विभिन्न क्याम्पसका अनुसन्धान सेलका प्रमुख, उपप्राध्यापक हरिविष्णु ओली, उपप्राध्यापक टेक बहादुर ओली र मुसिकोट खलंगा बहुमुखी क्याम्पस एम.एड तहका १ सय ५० विद्यार्थीको उपस्थिति रहेकोे थियो । कार्यक्रमको सञ्चालक उपप्राध्यापक हर्क ओली गरेका थिएभने अध्यक्षता क्याम्पस प्रमुख बुद्धि प्रसाद गौतम गरेका थिए । सो कार्यक्रम असार ७ गतेसम्म चल्नेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिबार