नक्कली सुन सहित ७ जना पक्राऊ, गिरोहको प्रमुख टिकाराम विक फरार




कोहलपुर ।

बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले ७ जना नक्कली सुन सहित पक्राउ गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै नक्कली सुन सहित पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कोहलपर नगरपालिका २ की निर्मला बोहरा, ६ की मनुराधा बपाल मगर, खजुरा गाउँपालिका २ का तिलक सुनार, ११ का सन्तोष सुनार, नवराज विश्वकर्मा, बैजनाथ गाउँपालिकाका दिनेश सुनार र बाबुराम सुनार रहेका छन् ।

इलाका प्रहरी कार्यालयका प्रमुख ऐन बहादुर मल्लले नक्कली सुनलाई सक्कली सुन भनेर बेच्ने गिरोह पक्राउ गरेको बताए । ‘असार १ गते निर्मला बोहरा सासु र मनुराधा बपाल मगर बुहारीको नक्कली नातेदार बनेर बैजनाथ गाउँपालिका ६ सम्झना बजारमा रहेको सुहाना सुन चाँदी पसलमा बेचे, उनले भने, ‘सुहाना सुन चाँदी पसलका छोराले नक्कली सुन भनेर पत्ता लगायो की यो नक्कली सुन हो भनेर त्यसपछि हामीलाई खबर भयो ।’

‘प्रहरी तुरुन्त त्यस स्थानमा पुग्यो, जुन नक्कली सासु र बुहारीको नक्कली नातेदार बनेका थिए सुरुमा पक्राउ गर्‍र्यौ, मल्ले थपे, त्यसपछि कालिगठ रुपमा काम गर्ने सन्तोष, लिलक, बाबुराम, दिनेश ४ जना पक्राउ गर्‍र्यौ । केही समयपछि सप्लायर्स कन्ट्रोलर नवराजलाई पक्राउ गरियो भने जुन गिरोहको नै प्रमुख मानिने टिकाराम विक फरार भएको र त्यसको खोजी कार्यमा लागि परिरहेको मल्ले बताए ।

यस्तै  प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने छड्के तिलहरी ३ पिस, सुन जस्तो देखिने माईली तिलहरी १६ पिस, सुनको जस्तो देखिने चुरा (बाला)-८पिस, सुनजस्तो देखिने मरहरी -१ जोडी, सुनजस्तो देखिने जुली-१ जोडी, चाँदीको जस्तो देखिने चुरा १ जोडी, चिप्टी- २ थान, सुन काट्ने कैची २ थान, हतौडा १ वटा, सनासो-१ वटा, पित्तलको पाता १ पिस, औठी बनाउने फलामको डण्डी १ वटा, ताल बराही ज्वैलर्स लेखेको ठेली १ थान, मालिका सुनचाँदी पसलको ठेली १ थान, पञ्चमुखी ज्वैलर्स लेखेको ठेली १ थान, सुन पगाल्ने ग्यास पप्प थान-१. सुन सुकाउने पम्प १ थान, नगद रु.४०,०००/- (चालिस हजार) प्रहरीले बरामद गरेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिबार