सुदाम शर्मा, सल्यान ।
सल्यानको दार्मा गाउँपलिकामा आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम सम्बन्धी छलफल तथा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको सहिद स्मृति सभाहलमा भएको गोष्ठीमा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले आ.व २०७९/८० को बजेटमा प्रष्ट पारेका थिए ।
उक्त गोष्ठीमा सहभागीहरुले आ.व २०७९/०८० को बजेट तथा निति कार्यक्रममा स्थानिय उत्पादनमा जोड दिनुपर्ने, आयतमा निरुत्साहित र निर्यातमा वृद्धि गर्नुपर्ने, कृषिमा अधुनिकिकरण गरेर जानुपर्ने, शुसासन सहितको दार्मा निर्माण गर्न कर्मचारीले मुस्कान सहितको सरल र सहज जनताको सेवा गर्नुपर्ने, बेरोजगारी समस्या हलगर्ना युवालाई उत्पादनमा जोडनुपर्ने, शिक्षामा एकिकृत योजना लागु गर्नुपर्ने, दार्माको मुकाम फारुला सम्म बाह्रै महिना यातायात सुविधा सञ्चालन हुने गरि सडक स्तरउन्नति हुनुपर्नेमा जोड दिएका थिए ।
गोष्ठीमा दार्मा गाउँपालिका जनप्रतिनिधि, पालिकामा रहेका सबै दलका प्रतिनिधि, सरकारी तथा गैर सरकारी संघ-संस्थाहरुका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । गाउँपालिकाका अध्यक्ष केसीको अध्यक्षतामा सुरु भएको गोष्ठीमा प्रमुख अतिथि सल्यान जिल्ला समन्वय उपप्रमुख असबिर बुढाथोकि र गाउँपालिका उपाध्यक्ष जुना मल्लको रहेको थियो भने सहजिकरण प्रमुख प्रशासकिय अधिकृत रेसम ओलीले गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्