प्रदिप कुमाई, काेहलपुर।
सुरक्षित बैदेशिक रोजगार सम्बन्धी कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुसँग अन्तक्रिया कार्यक्रम गरिएको छ । बिहिबार वातावरण तथा ग्रामिण विकास केन्द्रको (इन्डुडेक) आयोजनामा ‘सकिन्छ स्वदेशमा रोजगार गरौं, बैदेशिक रोजगार जाने नै भए सही सूचना लिएर सीप सिकेर मात्र जाऔं’ भन्ने मुल नाराका साथ अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै अन्तक्रिया कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले आफ्नो देशमा रोजगारी स्थापना गर्न नसकेकै कारणले गर्दा लाखौ युवा पुस्ता विदेशिनु पर्ने बाध्यता रहेको बताए । ‘यसलाई रोक्नका लागि हामीले चाहेर मात्र रोकिदैन, उनले भने, ‘यसलाई रोक्नका लागि केन्द्रदेखि स्थानीय पालिकासम्मका रोजगारी उपलब्ध हुने किसिमका उद्योग र कलकारखाना सञ्चालन गर्नुपर्ने आवश्यक छ ।’
तर यहाँ न केन्द्रिय र प्रदेश सरकारले उद्योग र कलकारखानामा लगानी प्रसस्त्र मात्रामा लगानी नगरेको नगर प्रमुख आचार्यले बताए । ‘कोहलपुरमा एक वर्षमा ५० देखि १०० जनासम्मको लागि नयाँ रोजगार दिनसक्ने वातावरण तयार गर्न सकिन्छ, उनले थपे, ‘तर रोजगारीको संख्या भन्दा पनि बेरोजगारीको संख्या धेरै छ ।’ बैदेशिक रोजगार जानै पर्ने बाध्यता छ त्यसकारणले सिप सिकेर र सूचना लिएर मात्र जानुपर्ने आचार्यले बताए ।

यस्तै वातावरण तथा ग्रामिण विकास केन्द्रको (इन्डुडेक) का अध्यक्ष धर्मलाल रोकायले वैदेशिक रोजगार जानुभन्दा पहिला आफुले के काम गर्ने, के-के समस्या आउन सक्छ भन्ने बारेमा राम्रोसंग बुझने र सिपमुलक काम सिकेर जाँदा विदेशीमा दुःख पाउनबाट बच्न सकिने भएकोले प्रभावकारी रहेको बताए । बाँकेमा विगत लामोसमयदेखि यस क्षेत्रमा काम गर्दै आइरहेको संख्या संस्था इन्रुडेक ।
यस्तै कार्यक्रमा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद वि.क., प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल लगायतको उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्