बागेश्वरी बहुमुखी क्याम्पसमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

कोहलपुर ।

मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बांके शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह एम एड चौथो सेमेस्टरको Student teaching: on campus को अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्नातकोत्तर तह एम एड चौथो सेमेस्टरको कोड नं ५४१ को अभ्यास शिक्षण अभिमुखिकरण कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी दान बहादुर हमालले छात्र छात्रा शिक्षकहरुले अब्बल रूपमा आफुलाई निखार्न, सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रूपमा उतार्न, सत्य बोल्न, शिक्षण कलाको प्रयोग गरि शिक्षण गर्न, शिक्षण सामाग्रीको सदुपयोग गरि शिक्षण गर्न, विद्यार्थीहरु सिर्जनात्मक र सिर्जनसिल भएर काम गर्न निर्देशन दिए ।

त्यसैगरी पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्माले हरेक विद्यार्थीहरुले एम एड प्रथम दितिय तथा तेस्रो सेमेस्टरमा सिकेको सैद्धान्तिक ज्ञानलाई विद्यालय तथा क्याम्पसमा गएर ईन्टनसिपका रूपमा आफुलाई अब्बल, सक्षम भएर आफ्नो योग्यतालाई प्रमाणीकरण गर्न निर्देशन दिए ।

उनले विगत देखि नै पाठ्यक्रम विभागका विद्यार्थीहरु राम्रो संग अध्ययन गरेर शत प्रतिशत नतिजा प्राप्त गर्ने गरेको तथा बागेश्वरी बहुमुखी क्याम्पसको ईतिहासमा गोल्ड्मेड लिस्ट प्राप्त गरि ईसाक घलेले पाठ्यक्रम विभाग एवं क्याम्पसको ईज्जत् राखेकोले यो वर्ष पनि त्यो वातावरणमा तयार गरि अध्ययन गर्न निर्देशन दिए ।

उक्त कार्यक्रममा उप प्रा टेकेन्द्र कुमार महतरा, उप प्रा कृष्ण प्रसाद अधिकारी, स्वास्थ विभागका विभागीय प्रमुख ज्ञानेन्द्र शाही, ललित प्रकाश चन्द, राजेश थापा, मीन बहादुर के सि बाल कुमार शर्मा लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको सहजीकरण अभ्यास शिक्षण विभागका विभागीय प्रमुख तथा प्रमोद सुवेदीले गरेका थिए । कार्यक्रमको सन्चालन एकराज शर्माले गरेका थिए भने प्रमोद सुवेदिको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम एम एड चौथो सेमेस्टरका सबै विद्यार्थीहरुको उपस्थितमा रहेको थियो ।