कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा रहेको मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत छात्र युवराज विष्टले आफ्नो जन्मदिनको अवसरमा १९ थान पुस्तक हस्तान्तरण गरेका छन् ।
बिहिबार एक औपचारीक कार्यक्रम गरी स्नातक तहमा अध्ययनरत छात्र युवराज विष्टले क्याम्पसका प्रमुख दान बहादुर हमाललाई स्नातक तथा स्नातकोत्तर तहका १९ थान पुस्तक हस्तान्तरण गरेका हुन् ।

विष्टका अनुसार एकराज शर्माद्वारा लिखित स्नातकोत्तर तथा स्नातक तहमा पठनपाठन हुने अनुसन्धान र स्नातक तह चौथो सेमेस्टरमा पठनपाठन हुने शिक्षामा सामाजिक न्याय पुस्तक र गोपिलाल शर्माद्वारा लिखित पुस्तक हस्तान्तरण गरेको बताए ।
यस्तै हस्तान्तरण कार्यक्रममा पुस्तकालय व्यवस्थापन समितिका संयोजक कृष्ण अधिकार, पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्मा, उप-प्राध्यापक टेकेन्द्र कुमार महतरा, जयकृष्ण न्यौपाने लगायत विद्यार्थीहरुको समेत उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्