जिसस रुकुम पश्चिममा माओवादी केन्द्रका प्रमुख गाैतम र उप-प्रमुखमा कामी निर्विरोध निर्वाचित

सुदाम शर्मा, रुकुम पश्चिम

जिल्ला समन्वय समिति रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । अन्य कुनै  दलकाे उम्मेदवारी नपरेपछि नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै प्रमुखमा लुम्बिनी गौतम र उप-प्रमुखमा देववहादुर कामी निर्विरोध भएका हुन् ।  प्रमुखमा निर्वाचित गौतम जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर १० र उपप्रमुखमा निर्वाचित कामीले वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट सानीभेरी ३ को सदस्यमा चुनाव जितेका थिए ।

गौतम नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत हुन भने कामी प्रदेश कमिटी सदस्य हुन् । माओवादी केन्द्रबाट नै ७ जना सदस्यहरु  निर्विरोध निर्वाचित भएका हुन् । सदस्यहरुमा देउभान ओली, कृष्णबहादुर यरी, रामकुमार गौतम, मीना विक, गीताकुमारी केसी, शारदा दमाई र गीता नेपाली निर्वाचित भएका हुन् ।

यस्तै ६ वटा स्थानीय तहका १२ जना मतदाता थिए । जसमा माओवादी केन्द्रका ९ जना, नेपाली कांग्रेसका २ जना र नेकपा एकीकृत समाजवादीका १ जना थिए ।