कोहलपुर ।
कोहलपुर नगरपालिकामा विद्युतिय माध्यमबाट भुक्तानी हुने भएको छ । कोहलपुर नगरपालिकाले चेकमार्फत होइन, सिधै सम्बन्धितको खातामा जम्मा हुने गरी व्यवस्था मिलाइएको कोहलपुर नगरपालिकाका प्रमख आचार्यले बताए ।
‘नगरपालिकाबाट काम छिटो छरितो गराउनका लागि यो प्रक्रिया अपनाइएको हो, नगरपालिकाबाट चेकमार्फत भुक्तानी दिइएको रकम बैंकमा लाइन लागेर क्लिरिन्समा हाल्नु भन्दा सिधै सम्बन्धित कम्पनीको खातामा रकम भुक्तानी हुने व्यवस्था मिलाइएको छ उनले भने ।’

यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले नगरपालिकाबाट विद्युतीय माध्यमबाट भुक्तानी लिनुपर्ने व्यवस्था कामय गरिएको बताए ।

‘सम्पूर्ण व्यक्ति/संस्था/फर्म वा निकायले आफ्नो खाता नम्बर र नाम खुलेको चेकबुकको फोटोकपी भुक्तानी निवेदन दिनुहोला’ उनले भने, ‘काम गरेको विवरण पेश गर्नुपर्ने र भौचर स्वीकृत हुने विक्तिकै चेक नकाटिई रकम सिधै सम्बन्धितको खातामा स्थानान्तरण हुने व्यवस्था मिलाइएको छ ।’ यसले गर्दा सेवाग्राहीलाई सेवा र सुविधा निकै सहज र सरल हुने विश्वास व्यक्त गरे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्