काेहलपुर र नेपालगञ्जमा थप ३ दिन विद्यालय बन्द (सूचना सहित)

काेहलपुर ।

बाँकेकाे काेहलपुर नगरपालिका  र नेपालगञ्ज उपमहानगरपालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरूलाइ थप  ३ दिन बन्द गरिएकाे छ ।

गर्मीका कारणले बालबालिकाकाे दैनिक जिवन कष्टकर भएकाेले थप ३ दिन गर्मी बिदा गरिएकाे काेहलपुर नगरपालिकाका का.व. नगर प्रमुख विरेन्द्र शाह र नेपालगञ्ज उप-महानगरपालिका गोर्ख बहादुर थापाले सूचना निकालेर जानकारी दिएका छन् ।