कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ । शनिबार एक औपचारीक कार्यक्रम गरी सम्मान गरेको हो । पूर्ण खोप शुनिश्चिता तथा दिगोपन घोषण कार्यक्रममा स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको हो ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यले पूर्ण खोप शुनिश्चिता तथा दिगोपन घोषणा गरेका थिए । कोहलपुर नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम् सेविका ७१ जना, खोप कार्यकर्ता २७ जना, खोप फोकपर्सन २ जना, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख १ जना र १५ वटै वडाका खोप समन्वय समितिहरुलाई समेत सम्मान गरिएको थियो । नेपालको पूर्ण खोपयुक्त कार्यक्रममाबाँके ६१ औ जिल्लामा पर्दछ ।

कोहलपुर नगरपालिकाका पूर्ण खोप शुनिश्चिता तथा दिगोपन घोषण कार्यक्रमका फोकल पर्सन तथा नसिङ्ग अधिकृत छठौं शोभा अधिकारीले लक्ष्यभन्दा बढिलाई खोप लगाएको बताएकीछिन् । ‘कोेहलपुर नगरपालिकामा ९ सय ४८ जनालाई खोप लगाउने लक्ष्य राखेका थिर्यौ’, ‘तर यहाँ ९ सय ६१ जनालाई खोप लगाएका छौं उनले भनिन ।’
यस्तै बाँके जिल्लाका पूर्ण खोप शुनिश्चिता तथा दिगोपन घोषण कार्यक्रमका फोकल पर्सन नरेश श्रेष्ठले कोहलपुरमा ९० प्रतिशत भन्दा बढिको मात्रामा खोपको पहँुचमा रहेको बताएका थिए ।
सम्मान हुनेहरुमा ?
महिला स्वास्थ्य स्वयम् सेविकाहरुमा अवरतरानी थारु, शान्ति कुमारी चौधरी, सुन्दरी थारु, अस्तुरिया थारु, विभा गुरुङ, मिना आर्या, पार्वती थारु, अनिता कुमारी बुढाक्षेत्री, क्वारी थारु, देउरुपा वली, विष्णु कुमार गोदर, सिता कुमारी बस्नेत, रामपति थारु, देवी विष्ट, पुष्पा शाही, विष्णु शाही, अनिसा कुमारी हरिजन, शाफिया बेगम, कान्ति जोशी, ज्योति कुमाल, कृष्मा खटिक, नुमा थापा, विपना चौधरी, दिलमाया राना, राम कुमारी थारु, यज्ञ कुमारी गौतम, कमला पुन, गंगा कुमारी चन्द, विष्णु कुमारी वली, कृष्णा खड्का, लक्ष्मी थापा, डम्मरा कुमारी भण्डारी, टिका केसी, मन कुमारी नेपाली, भगवती बस्नेत, पावर्ती थारु, सैया जाहो थारु, रुपकला नाथ योगी, जुगुनी थारु, मुन्नी थारु, सरिता कुमारी थारु, तिला खड्का, रुपा देवि बुढाथोकी, तारा थापा, नारायणी भुषाल, लौटानी थारु, भग्वानी थारु, चन्द्र पौडेल, बिना चालिसे, श्यामपति थारु, फुलमति थारु, बिर्मा रोका, गोलिया थारु, अनु घर्ती मगर, यमुना बुढा, जगति कुमारी थापा मगर, आशा घर्ती मगर, राम कुमारी थारु, दिल कुमारी डाँगी क्षेत्री, सिता गौतम, शान्ता खनाल, प्रेमलता थारु, बजरी थारु, भिमा शाही, पार्वति गिरी, विष्णु कुमारी वेडुवा र सिता थारु रहेका छन् ।
यस्तै खोप कार्यकर्ता र १५ वटै वडाका खोप समन्वय समितिहरुमा शुशिला बुढाथोकी, उषा सापकोटा, राजु थारु, राजु धिताल, नरेन्द्र थापा क्षेत्री, प्रतिमा विसी, नविन भण्डारी, प्रभा शर्मा, टिका कुमारी गाहा, उस्मिता चौधरी, रुद्र कुमारी विष्ट, नेत्रा थापा, चन्द्रा गुरुङ्ग, टेक माया योगी, रन्जित विश्वकर्मा, पशुपति मल्ल, कृष्णा आले, स्मृती तिवारी, गणेश खड्का, श्रद्धा गुरुङ्ग, भूमिका लम्साल, लक्ष्मण चौलागाई, माया रेग्मी, कल्पना थापा, खगिसरा रावत, कृष्णा कुमारी न्यौपाने, शान्ती गहतराज, गुञ्जा सुनार, सपना थापा, आदित्य चौधरी र सुस्मिता बराल रहेका छन् ।
यस्तै कोहलपुर नगरपालिका खोप फोकल पर्सन शोभा अधिकारी, जिल्लाकाखोप फोकल पर्सन नरेश श्रेष्ठ र बाँके स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहलाई सम्मान गरिएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्