कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा बर्दियाका वलीको मृत्यु

कोहलपुर ।

कोहलपुर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार ९ बजेतिर सुर्खेत नेपालगंज सडक खण्ड मनकामनाचोक नजिकै कोहलपुरदेखि चिसापानीतर्फ जाँदै गरेको भे १० प २७१० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ८४ प १६१७ नम्बरको मोटरसाइकल एकआसमा ठक्कर भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी बर्दिया मधुवन नगरपालिकाका ८ सोनाश्रीका सुर्यप्रकाश वलीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख हिमालय शाहले बताए । टाउको र अनुहारमा चोट लागेका वलीको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज मृत्यु भएको शाहले बताए ।