कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा बर्दियाका वलीको मृत्यु




कोहलपुर ।

कोहलपुर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार ९ बजेतिर सुर्खेत नेपालगंज सडक खण्ड मनकामनाचोक नजिकै कोहलपुरदेखि चिसापानीतर्फ जाँदै गरेको भे १० प २७१० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ८४ प १६१७ नम्बरको मोटरसाइकल एकआसमा ठक्कर भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी बर्दिया मधुवन नगरपालिकाका ८ सोनाश्रीका सुर्यप्रकाश वलीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख हिमालय शाहले बताए । टाउको र अनुहारमा चोट लागेका वलीको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज मृत्यु भएको शाहले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ २९ गते आइतबार