‘क’ र ‘ख’ वर्गका ४८ जना बालबालिकालाई सहायता तथा शैक्षिक सामग्री वितरण

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत क र ख वर्गका ४८ जन बालबालिकाहरुलाई सहायता तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

बिहिबार एक औपचारीक कार्यक्रम गरी ‘क’ र ‘ख’ वर्गका ४८ जना बालबालिकाहरुलाई सहायता तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण आचार्यले सो सामाग्री वितरण गरेका थिए ।

सामग्री वितरण गर्दै आचार्यले भने, अपांगता भएतापनि सहज र सरल रुपमा अध्ययन गर्ने पाउनेछन् । कान नसुन्ने बालबालिकालाई कान सुन्ने मेसिन, झोला, कपि, मोबाइल र माइक, लेन्स, डिजिटल बोर्ड जस्ता सामग्री वितरण गरिएको आचार्यले बताए ।

यस्तै कोहलपुर नगर शिक्षा शाखा प्रमुख रवि मिजारले विद्यालयले सिफारिसको आधारमा सहायत तथा शैक्षिक सामग्री वितरण गरिएको बताए । ‘प्रत्येक विद्यालयमा नगर शिक्षाबाट चिठ्ठी पठाएका थिर्यौ’ ‘सोही आधारमा सिफारिस गर्नुभयो उनले भने ।’

झोला ३५, कापी १७.५ दर्जन, कानमा लगाउने मेसिन १, मोबाइल माइक ५, लेन्स २ गरी ४८ जना क र ख वर्गका बालबालिकालाई सामग्री वितरण गरिएको थियो । कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रशासकिय अधिकृत टिकाराम ढकाल, नगर शिक्षा शाखाका कर्मचारी बल बहादुर नेपालीको उपस्थिति रहेको थियो ।