बालविकासका शिक्षकलाई मन्टेश्वरी तालिम

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा बालविकासका शिक्षकहरुलाई मन्टेश्वरी तालिम दिइएको छ । मंगलबारदेखि सुरु भएको सो तालिम बिहिबार समापन गरिएको हाे । कोहलपुर नगरपालिकामा बालविकासका शिक्षकहरु ८१ जना रहेका छन् ।

८१ जना मध्ये २५ जना बालविकासका शिक्षकले मन्टेश्वरी तालिम लिन पाएका छन् भने अन्य शिक्षकहरुलाई मन्टेश्वरी तालिम अर्को पटक तालिम दिने गरी व्यवस्था मिलाइएको विद्यालय निरिक्षक शिला गौतमले जानकारी दिइन् । सो तालिमले बालबालिकाले शिक्षा ग्रहण गर्दा  सरल र सहजता होस् भन्ने उद्देश्यले आयोजना गरिएको हो ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्यले प्रमाण पत्र हस्तान्तरण गरेका थिए । शिक्षकलाई तालिमको अभाव परिपूर्ति गर्दै गुणस्तिरीय शिक्षाको परिकल्पनासंगै शैक्षिक हवको रुपमा विकास गर्ने उद्देश्यका साथ अगाडि बढिरहेका छौं, फलस्वरुप बालविकासका शिक्षकहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिएको आचार्यले भने ।

यस्तै बालबालिकालाई कसरी अध्यापन गराउने, शौक्षिक सामग्रीको प्र्रयोग कसरी गर्ने/गराउने, के-के समाग्री आवश्यकता हो, कुन अक्षर कुुन सामग्रीको रुपमा प्रस्तुत गर्ने र बालबालिकालाई कसरी अध्यापन गराउने विषयमा मन्टेश्वरी एशोसियसनका अध्यक्ष लुना बुढाथोकि र कोषाध्यक्ष खिमा थापाले तालिम दिएकी थिइन् । सो तालिममा काेहलपुर नगरपालिका  प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, वडा नम्बर ८ का अध्यक्ष लाल बहादुर राना, नगर शिक्षा शाखाका बल बहादुर नेपाली लगायतकाे  सहभागि भएकाे थियाे भने २५ जना शिक्षकहरुलाई प्रमाण पत्र उपलब्ध गराइएको थियाे ।