ओपेन्द्र केसीमाथि एक समूहले धारिलो हतियार प्रहार गरी फरार




सुदाम शर्मा, सल्यान

सल्यानमा एक समूहले युवकमाथि धारिलो हतियार प्रहार गरी फरार भएका छन् । जिल्लाको शारदा नगरपालिका –२ खलंगा स्थित मध्यपश्चिम होटलमा खाजा खाइरहेका शारदा नगरपालिका –२ जोगीदेउखोलाका १८ वर्षीय ओपेन्द्र केसीमाथि एक समूहले धारिलो हतियार प्रयोग गरी घाइते बनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानले जनाए अनुसार हतियार प्रहार गर्ने चारै जना फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

घाइते केसीको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उहाँको भनाई छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ २६ गते बिहीबार